भुल्के आसपासका आठ वस्ती कोरोनाको ‘डेन्जर जोन’मा
उदयरपुर, वैशाख ११ : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले भुल्क....

उदयरपुर, वैशाख ११ : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले भुल्केसहित आठ वस्तीलाई कोरोनाको 'डेन्जर जोन' घोषणा गरेको छ।
आठै स्थानमा प्रहरी परिचालन गरिएको छ भने ति वस्तीबाट अन्यत्र जान र अन्यत्रबाट आउन रोक लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र, चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ कोरोनाको रेड जोनको रूपमा देखिएको छ।
स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीका अनुसार भुल्केको नुरी मस्जिद क्षेत्र र स्थानीय वासिन्दामा कोरोना सङ्क्रमण देखिएपछि भुल्केका बासिन्दाको उठबस तथा आवतजावत यी अन्य आठ स्थानका अरु वासिन्दामा पनि कोरोनाको संक्रमण हुने सक्ने भएकाले ‘डेन्जर जोन’मा राखिएको हो।
त्रियुगा नगरपालिकाको भुल्केपछि आठ स्थान आसपास खतरा बढ्दै गएका कारण नगरपालिकाले डेन्जर जोनमा रोखेको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए। सुरुमा भुल्केको नुरी मस्जिदमा बसेका १२ जना भारतीय नागरिकमा कोरोनाको सङ्क्रमण देखा परेको थियो।
त्यसपछि भुल्केका अन्य वासिन्दामा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो। अहिलेसम्म भुल्कमा बसेका १२ जना भारतीय नागरिक र १६ जना स्थानीय वासिन्दामा कोरोना देखिएको छ। भुल्केकोका बासिन्दा नै गाईघाट क्षेत्रसहित देउरी, जलजले, जोगीदह, मोथ्याइसहित चौदण्डी नगरपालिकाको सिवाइ र सुन्दरपुर क्षेत्रका नागरिकसँग आवतजावत तथा उठबस गर्ने भएकाले सम्बन्धित क्षेत्रसमेत अहिले कोरोनाको डेन्जर जोनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द राई र बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले भुल्केसहित आठ क्षेत्रमा तत्काल प्रदेश सरकार र सङ्घीय सरकारसँग परीक्षण गर्न माग गरेका छन्। भुल्केसहित आठ स्थान कोरोनाको डेन्जर जोन बनेपछि अहिले सबै स्थानमा प्रहरी परिचालन गरिएको छ। आठै गाउँका वासिन्दालाई अन्यत्र जान र अन्यत्रबाट सम्बन्धित गाउँमा प्रवेश गर्न रोक लगाएर उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए।
उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केगाउँमा बुधबार चार व्यक्ति कोरोनाबाट थप सङ्क्रमित भएको पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २८ पुगेको हो। (राससको सहयोगमा)





-1792762148.jpeg)





