Kathmandu Press

यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ।
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू

काठमाडौं, पुस १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ।

शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको विभिन्न विभागमा सदस्य मनोनीत लगायत विभिन्न निर्णय गरेको हो।

शुक्रबारको बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक परिस्थितबारे समीक्षा प्रस्तुत गरेका थिए।

सो अवसरमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको कुल ६० जिल्लाको जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले आगामी पुस १९ गतेदेखि तीन दिनसम्म केन्द्रीय समितिको विस्तारित बैठक बस्ने निर्णय गरेको छ।

शुक्रबारको बैठकले केन्द्रीय अनुशासन आयोगमा दुई तथा केन्द्रीय संगठन विभागमा तीन सदस्य नियुक्त पनि गरेको छ।

केन्द्रीय अनुशासन विभागमा नवलपरासीका अधिवक्ता कमलप्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराई मनोनीत भएका हुन्।

त्यस्तै केन्द्रीय संगठन विभागमा लम्जुङका धर्म केसी, रूपन्देहीका गोपाल घिमिरे र सिरहाका विमल तिवारी मनोनीत गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित मिति: १९:२७ बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्