Kathmandu Press

पुस १९ देखि तीन दिनसम्म बस्नेगरी रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ गतेदेखि बस्ने भएको छ।
पुस १९ देखि तीन दिनसम्म बस्नेगरी रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, पुस १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ गतेदेखि बस्ने भएको छ।

शुक्रबार दिउँसो बसेको सचिवालय बैठकले आगामी पुस १९ गतेदेखि तीन दिनसम्म केन्द्रीय समितिको विस्तारित बैठक बस्ने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

शुक्रबारको बैठकले केन्द्रीय अनुशासन आयोगमा दुई तथा केन्द्रीय संगठन विभागमा तीन सदस्य नियुक्त पनि गरेको छ।

केन्द्रीय अनुशासन विभागमा नवलपरासीका अधिवक्ता कमलप्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराई मनोनीत भएका हुन्।

त्यस्तै केन्द्रीय संगठन विभागमा लम्जुङका धर्म केसी, रूपन्देहीका गोपाल घिमिरे र सिरहाका विमल तिवारी मनोनीत गरिएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्