Kathmandu Press

 रास्वपाको केन्द्रीय अनुशासन र संगठन विभागमा पाँच जना मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टीले  अनुशासन विभाग र केन्द्रीय संगठन विभागमा सदस्यहरू मनोनीत गरेको छ।
 रास्वपाको केन्द्रीय अनुशासन र संगठन विभागमा पाँच जना मनोनीत

काठमाडौं, पुस १२ : राष्ट्रिय स्वतन्त्र पार्टीले  अनुशासन विभाग र केन्द्रीय संगठन विभागमा सदस्यहरू मनोनीत गरेको छ।

शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा दुई तथा केन्द्रीय संगठन विभागमा तीन सदस्य नियुक्त गरेको हो।

केन्द्रीय अनुशासन विभागमा नवलपरासीका अधिवक्ता कमलप्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराई मनोनीत भएका हुन्।

त्यस्तै केन्द्रीय संगठन विभागमा लम्जुङका धर्म केसी, रूपन्देहीका गोपाल घिमिरे र सिरहाका विमल तिवारी मनोनीत गरिएको रास्वपाका कार्वाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रकाशित मिति: १९:०८ बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्