Kathmandu Press

पाँच प्रदेशमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश १ मा

विराटनगर, वैशाख ११ : अहिलेसम्म देशका पाँच प्रदेशमा कोरोनाको संक्रमण देखिएको छ। सबैभन्दा बढी प्रदेशमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यां....

पाँच प्रदेशमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश १ मा
स्वास्थ्य मन्त्रालय।

विराटनगर, वैशाख ११ : अहिलेसम्म देशका पाँच प्रदेशमा कोरोनाको संक्रमण देखिएको छ। सबैभन्दा बढी प्रदेशमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ। पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ।

अहिलेसम्म कोरोना देखिएकाहरुमध्ये १६ जना नेपाली नागरिक र १२ जना भारतीय नागरिक छन्। उनीहरुको उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिएको हो। उनीहरुको कोसी अस्पताल, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।

कोरोना संक्रमित सबैको विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। सबै जनामा कोरोनाको संक्रमण सामान्य देखिएको छ।

प्रदेश १ सँगै प्रदेश २, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशमा संक्रमण देखिएको छ। अहिलेसम्म कर्णाली र प्रदेश ५ मा संक्रमण देखिएको छैन।

अहिलेसम्म देशभर ४५ जनामा संक्रमण देखिएको छ। जसमध्ये सात जना निको भएर घर फर्किसकेका छन्। अहिले ३८ जनाको उपचार भइरहेको छ।

अहिलेसम्म देशभर पीसीआर बिधिबाट नौ हजार ११ जनाको परीक्षण गरिएको छ भने आरडीटी बिधिबाट ३१ हजार चार सय २० जनाको परीक्षण गरिएको छ।

अहिले पनि देशभरका आइसोलेसन वार्डमा ९५ जना उपचाररत छन्। त्यस्तै आठ हजार पाँच सय १५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: ०९:५९ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्