Kathmandu Press

त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने

त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन्।
त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौं, पुस १२ : त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन्।

भोलि(शनिबार) हुने समारोहमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी मध्य १४ हजार ३०८ जनाले प्रत्यक्ष सहभागी जनाउने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । 

‘हाम्रो ५० औं दिक्षान्त समारोह आयोजना हुँदैछ । जसमा ७४ हजार एक सय ४९ जना दिक्षीत हुने विद्यार्थी छन् । ती मध्य १४ हजार तीन सय आठ जना प्रत्यक्ष सहभागी हुँदै छन् । १८ हजार हजार अविभावक र १४ हजार विद्यार्थी सहित समारोह आयोजना हुँदैछ,' उनले भने। 

त्यस्तै उनले समारोहमा मेडल प्राप्त गर्ने १७ जना मेडललिष्ट रहेको पनि जानकारी दिए  । उनका अनुसार समारोह नेपाल टेलिभिजनमार्फत प्रत्येक्ष प्रसारण हुनेछ। 
 

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्