Kathmandu Press

तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज(शुक्रबार) पद तथा गोपनीयताको सपथ लिएका छन् । 
तीन विश्वविद्यालयका उपकुलपतिले लिए सपथ

काठमाडौं, पुस १२ : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज(शुक्रबार) पद तथा गोपनीयताको सपथ लिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा.धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले सपथ लिएका हुन्। 

Hardik ivf

प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे । सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थियो।

 

प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, पुस १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्