Kathmandu Press

एन्फा यू-१६ युथ लिगमा चर्च ब्वाइजको विजयी सुरूवात

चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गरेको छ ।
एन्फा यू-१६ युथ लिगमा चर्च ब्वाइजको विजयी सुरूवात
Hardik ivf

काठमाडौं, पुस १२ : चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले सङ्कटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान एक–एक गोल गरे । त्यस्तै, यता सङ्कटाका लागि भने पेम्बा तामाङले गोल गरे ।

 खेलको १५औँ मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यसपछि खेलको ३०औँ मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’मार्फत एक गोल गर्दै खेललाई एक–एक गालको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४औँ सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए ।

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, पुस १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्