Kathmandu Press

काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन् : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताएका छन्।
काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन् : उपप्रधानमन्त्री सिंह

भक्तपुर, पुस १२ :  उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताएका छन्।

मध्यपुर महोत्सव–२०८१ को आज बालकुमारीमा उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले पुर्खाले छाडेर गएका सीप, ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृति र उत्पादनको संरक्षण, संवद्र्धन र पर्यटकीय दृश्यकोणले बजारीकरण गर्न सके आर्थिक मेरुदण्ड बलियो हुने बताए।

Hardik ivf

'आफू जन्मेको ठाउँको परिवेश बुझेर अपनत्व ग्रहण गर्दै यसको संरक्षण गर्ने, आफ्ना पुर्खाले छाडेर गएका सीप, स्थानीय कला संस्कृति, उत्पादनको संरक्षण र व्यावसापयिकीकरण गरे पनि आर्थिक उपार्जनका अवसरहरु यहीँ प्रशस्त भेटिन्छन्,' उनले भने।

मध्यपुरथिमिका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्र्याएर देखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिँढीलाई सिकाउनुपर्ने औँल्याउँदै उनले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अवस्था उकास्ने उनले बताए।

'महोत्सवले सिङ्गो मध्यपुरवासीलाई मात्रै नभएर सिङ्गो देशवासीलाई एकै थलोमा ल्याएर नेपालको अर्थतन्त्रलाई लयमा फर्काउँदै आर्थिक विकास गर्न ठूलो टेवा पुग्छ,' उनले भने।

विश्वमा नेपाललाई चिनाउने यहाँका कला, संस्कृति र ऐतिहासिक सम्पदाका धरोहरहरुको प्रचारप्रसार गर्ने, पर्यटक भित्र्याउन निम्तो दिने, पर्यकटलाई आकर्षित गरेर यहाँको आर्थिक विकास गर्नुपर्ने उनले बताए।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले नगरपालिकाले प्रकाशन गरेको राससकर्मी रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक ‘हाम्रो मध्यपुरथिमि’को विमोचन गरे।

कार्यक्रममा सङ्घीय सांसदद्वय दुर्लभ थापा र सन्तोष परियार, बागमती प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले मध्यपुर महोत्सव सबैको महोत्सव भएकाले यसलाई सफल पार्न सबैको उत्तकै सहयोग आवश्यक रहेको बताए।

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, पुस १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्