मोहन वैद्य अस्पताल भर्ना
७८ वर्षीय वैद्यलाई श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो।
काठमाडौं, पुस १२ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन्।
७८ वर्षीय वैद्यलाई श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो।
वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए। त्यस क्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
गत महिना आयोजित एकता महाधिवेशनका बेला पनि स्वास्थ्यमा समस्या देखिएपछि वैद्य पूरै समय बन्दसत्रमा बस्न सकेका थिएनन्।
प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












