Kathmandu Press

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छ : मुख्यमन्त्री लामा

उनले भने–‘अध्ययन र सीप एकातिर काम अर्काेतिर गर्नाले युवा विदेशिनु परिरहेको छ त्यसैले जे पढेका छौं, जे सीप छ सोही सीप अनुसारको रोजगारी गर्नुपर्छ।’ 
अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छ : मुख्यमन्त्री लामा

मकवानपुर, पुस १२ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्ने बताएका छन्।

शुक्रबार हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रविधिमैत्री र अध्ययन अनुसारको सीप पनि जरुरी रहेको बताए। 

उनले भने–‘अध्ययन र सीप एकातिर काम अर्काेतिर गर्नाले युवा विदेशिनु परिरहेको छ त्यसैले जे पढेका छौं, जे सीप छ सोही सीप अनुसारको रोजगारी गर्नुपर्छ।’ 

औद्योगिक क्षेत्र समेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनु पर्नेमा जोड दिँदै मुख्यमन्त्री लामाले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताए।

कक्षा १२ सम्मको अध्ययनपछि युवा विदेश जानेको लर्काे लागेकाले पढाइसँगै सीप सिकेर पढ्दै काम गर्दै गर्दा युवा शक्ति विदेशिनुमा रोक्न सकिने उनको भनाइ थियो। 

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, पुस १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्