Kathmandu Press

प्रसाईंको थुनामुक्त आदेशविरुद्ध सरकारी वकील पुनरावलोकनमा जाने 

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले गत पुस ५ गते प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । उक्त  आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको हो। 
प्रसाईंको थुनामुक्त आदेशविरुद्ध सरकारी वकील पुनरावलोकनमा जाने 

काठमाडौं, पुस १२ : आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकारी वकीलले पुनरावलोकनमा जाने तयारी गरेको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले गत पुस ५ गते प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । उक्त  आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको हो। 

Hardik ivf

महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार सर्वोच्च अदालतबाट आदेश आएपछि अध्ययन गरेर पुनरावलोकन निवेदन दर्ता हुने छ। 

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध झुट्टा आरोप लगाएर भ्रम फैलाएको भन्दै पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा गर्न आदेश भएलगत्तै व्यापारीलाई धम्क्याएको आरोपमा अदालतको अर्को पक्राउ पुर्जी अनुरुप प्रसाईं फेरि पक्राउ परेका थिए। 

पुनः पक्राउ अवैध ठहर गर्दै सर्वोच्चले छाड्न आदेश दिएको हो। उक्त आदेशमा चित्त नबुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन गर्ने तयारी गरेको हो। 

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, पुस १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्