Kathmandu Press

स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजना पक्राउ

पक्राउ परेका तीनैजनालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजना पक्राउ

काठमाडौं, पुस १२ : स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का रवि धमला, संखुवासभाको पाँचखपन नगरपालिका७ का सन्तोष विक र रसुवाको उत्तरगया गाउँपालिका–२ का जितबहादुर तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको आचार्यले बताए।

प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्