Kathmandu Press

तनहुँमा शेखर समूहद्वारा नेविसंघको समानान्तर अध्यक्ष घोषणा

कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्यहरू भुवन भट्ट, विनोद शाही ठकुरी लगायतले तनहुँमा विद्यार्थी भेला गरी सोनकुमार आलेलाई जिल्ला अध्यक्ष तोकेका हुन्। 
तनहुँमा शेखर समूहद्वारा नेविसंघको समानान्तर अध्यक्ष घोषणा

काठमाडौं, पुस १२ : पार्टीमा समानान्तर गतिविधि गरिरहेको शेखर कोइराला पक्षले छुट्टै जिल्ला भेला गरेर नेपाल विद्यार्थी संघ तनहुँको अध्यक्ष बनाएको छ। 

कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्यहरू भुवन भट्ट, विनोद शाही ठकुरी लगायतले तनहुँमा विद्यार्थी भेला गरी सोनकुमार आलेलाई जिल्ला अध्यक्ष तोकेका हुन्। 

कोइरालानिकट नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगरले ७७ जनालाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउँदै इकाइ अधिवेशन गराउनेलगायत जिम्मेवारी समेत दिएकी छन्।

संस्थापन पक्षले यसअघि नेविसंघ तनहुँ अध्यक्षको जिम्मेवारी आशिस कैनीलाई दिएको थियो। कांग्रेसले चैतभित्र नेविसंघको १२ औं महाधिवेशन गर्न समय दिएको छ। पार्टीले सहजीकरण गर्न निर्देशन समिति समेत गठन गरेको छ। 

प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्