Kathmandu Press

राष्ट्र बैंकद्वारा तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज 

शुक्रबार सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको छ। 
राष्ट्र बैंकद्वारा तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज 

काठमाडौं, पुस १२ : नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ।

शुक्रबार सूचना सार्वजनिक गर्दै राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको छ। 

कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको विप्रेसण नियमावली २०७९ (प्रथम संशोधन सहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ। 

राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनु दिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन समेत आग्रह गरेको छ।  

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्