Kathmandu Press

भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिंहसँगको आफ्नो तस्बिर फेसबुकमा राख्दै शोक व्यक्त गरेका छन्। 
भारतीय पूर्व प्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं, पुस १२ : भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति प्रधानमन्त्री केपी ओलीले गहिरो शोक व्यक्त गरेका छन्। उनले समाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका हुन्।

नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिंहसँगको आफ्नो तस्बिर फेसबुकमा राख्दै शोक व्यक्त गरेका छन्। 

‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु,’ ओलीले फेसबुकमा लेखेका छन्, ‘दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएका सिंहको बिहीबार राति ९ः ५१ मिनेटमा निधन भएको थियो। 

प्रकाशित मिति: ११:१७ बजे, शुक्रबार, पुस १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्