Kathmandu Press

देशभक्त युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दलको भूमिका महत्वपूर्ण

प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो । 
देशभक्त युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दलको भूमिका महत्वपूर्ण

काठमाडौं, पुस १२ : राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एन.सि.सि. अल्मुनाई एशोसिएशनले सातौँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सम्बोधनका क्रममा प्रधान सेनापति सिग्देलले एन.सि.सि. अल्मुनाईसँग आवद्ध सबैलाई संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै अनुशासित, नैतिकवान्, इमानदार, बफादार, कर्तव्यनिष्ठ तथा असल देशभक्त युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दलको कार्यक्रम सहयोगी सिद्ध रहेको बताए ।

यस्तै प्रधान सेनापतिले राष्ट्र सेवामा समर्पित अनुशासित र बफादार युवा जनशक्ति तयार गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्न राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहसम्म पुर्‍याउन नेपाली सेनाले पहल गरिरहेको उल्लेख गरे ।

Hardik ivf

3-(2)-1735267082.JPG
 

नेपाल सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल कार्यक्रमबाट दीक्षित क्याडेटहरुको सङ्गठन एन.सि.सि. अल्मुनाई एशोसिएशनबाट राष्ट्र सेवामा भएका विभिन्न गतिविधिहरूबाट नेपाली जनताको आशा र भरोसा वृद्धि भएको उल्लेख गर्दै प्रधान सेनापतिले राष्ट्रप्रति समर्पित नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको उल्लेखनीय भूमिकाको प्रशंसा गरे । 

कार्यक्रममा एन.सि.सि. अल्मुनाई एशोसिएशनका प्रमुख सल्लाहकार निगम हुमागाँइले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाली सेनाको छत्रछायामा सेनाकै विभिन्न युनिटहरूबाट राष्ट्र सेवाको पथमा प्रशिक्षित हुन पाउनु समस्त राष्ट्रिय सेवा दलका क्याडेटहरुलाई गौरवको विषय भएको बताए । 

राष्ट्रिय सेवा दल, नेपालका निमित्त कार्यकारी महानिर्देशक सहायक रथी श्री महेश कुमार थापाले धन्यबाद मन्तव्य एन.सि.सि. अल्मुनाई एशोसिएशनका सदस्यहरूलाई बधाई र शुभकामना दिए । वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था वि.सं. २०७५ मा स्थापना भएको हो । 

4-(4)-1735267082.JPG
 

हाल देशका विभिन्न ७५ वटा जिल्लाहरूमा राष्ट्रिय सेवा दलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन भई रहेको छ । हालसम्म ७८ हजार भन्दा बढी छात्र, छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति: ०८:२४ बजे, शुक्रबार, पुस १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्