रास्वपाको सचिवालय बैठक बस्दै
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागिएको हो ।
काठमाडौं, पुस १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागिएको हो ।
बैठकमा समसामयिक राजनीतिक, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा छलफल गरिने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












