Kathmandu Press

कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ: जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक भएको बताएका छन् ।
कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ: जनार्दन शर्मा

काठमाडौं, पुस ११ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक भएको बताएका छन् ।

चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती अर्थात माओ दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कम्युनिस्ट आन्दोलनलाई गतिशील बनाउँदै हालको राजनीतिक परिप्रेक्ष्यलाई सम्बोधन गर्न पुनर्गठन अपरिहार्य भएको बताएका हुन्  ।

उनले भने, ‘आज कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ । पुनर्गठन हुनत ०६४ सालबाट प्रारम्भ गर्न खोजिएको हो । ०६४ मा सिंगो वाम शक्तिलाई एकताबद्ध गर्ने उद्देश्यले चुनावी तालमेल गरियो र ०६५ मा एकता गरेर अघि बढ्ने प्रक्रिया सुरु भएको हो ।’

Hardik ivf

‘त्यतिबेलाको नीति र उद्देश्यमा कुनै त्रुटि थिएन । तर नेतृत्व तहमा देखिएको समस्या र आपसी खिचातानीका कारण त्यस अभियानले सफल रुप लिन सकेन’, उनले भने, ‘नीतिगत रुपमा त्यहाँ गलत थिएन । नेतृत्वको समस्या, नेतृत्वको कमजोरी, नेतृत्वको गलत समस्याको खिचातानीले त्यो सफल हुन सकेन ।’

शर्माले नेतृत्वको कमजोरी र मतभेदकै कारण वाम आन्दोलनले आफ्नो अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए। 

प्रकाशित मिति: १८:५९ बजे, बिहीबार, पुस ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्