Kathmandu Press

पुस १३ लाई तोकिएको ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश 

न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो।
पुस १३ लाई तोकिएको ओलम्पिक कमिटीको निर्वाचन रोक्न अन्तरिम आदेश 

काठमाडौं, पुस ११ : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन लगायतका कुनै पनि कार्य नगर्न विहीबार अन्तरिम आदेश जारी दिएको छ। 

न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो।

ओलम्पिक कमिटीको निर्वाचन रोक्न माग राखेर कमलबहादुर चित्रकारले रिट दर्ता गराएका थिए।

सर्वोच्च अदालतले रिटको पहिलो सुनुवाईमा निर्वाचन लगायतका गतिविधि रोकेर लिखित जवाफ लिएर सर्वोच्च आउन विपक्षीलाई आदेश दिएको भनेको छ । 

आगामी पुस १३ गते तोकिएको ओलम्पिक कमिटीको निर्वाचन सर्वोच्च अदालतको आदेशले रोकिने छ।

रिट निवेदक चित्रकारले नेपाल ओलम्पिक कमिटी आधिकारिक र वैधानिक कमिटी रहँदा रहँदै विपक्षी अन्तर्राष्ट्रिय मान्यता प्राप्त भनिएको नेपाल ओलम्पिक कमिटीको नामबाट प्रेषित विधान संशोधन तथा निर्वाचन सम्बन्धी पत्र लगायतका कार्य सो आधारमा भएका निर्णयहरू अवैध रहेको दाबी गरेका छन्।

 

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्