Kathmandu Press

दुईदिवसीय ‘एलिट कप’ पुस २१ गतेदेखि जनकपुर र पर्सामा हुने

‘जय ट्रफी मेन्स एलिट कप’ नाम दिइएको दुई दिवसीय प्रतियोगितालाई क्यानले आफ्नो वार्षिक क्यालेन्डरमै समावेश गरेको थियो। प्रतियोगितामा जनकपुर र पर्सामा आयोजना हुनेछ।
दुईदिवसीय ‘एलिट कप’ पुस २१ गतेदेखि जनकपुर र पर्सामा हुने

काठमाडाैं, पुस ११ : मल्टिडे क्रिकेट प्रतियोतिगा ‘एलिट कप’ पुस २१ गतेदेखि हुने भएको छ।

नेपाल क्रिकट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता पुस २१ देखि माघ ६ गतेसम्म हुने जनाएको छ।  

Hardik ivf

‘जय ट्रफी मेन्स एलिट कप’ नाम दिइएको दुई दिवसीय प्रतियोगितालाई क्यानले आफ्नो वार्षिक क्यालेन्डरमै समावेश गरेको थियो। प्रतियोगितामा जनकपुर र पर्सामा आयोजना हुनेछ।

प्रतियोगितामा अघिल्लो वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका शीर्ष ४ टिम सहभागी हुनेछन्। जसमा पिएम कपको विजेता पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन्। 

सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको उदघ्टन खेल मधेश प्रदेश र बागमती प्रदेशन बीच हुनेछ। यो खेल पुस २१ र २२ मा जनपुरमा हुनेछ। यस्तै, सोही दिन पर्सास्थित नारायणी रंगशालामा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने छन्। 

यस्तै, पुस २४ र २५मा जनकपुरमा आर्मी र बागमतीबीच खेल हुनेछ भने पर्सामा मधेश र पुलिस भीड्ने छन्। २७ र २८ गते जनकपुरमा नेपाल पुलिस र बागमती प्रदेशबीच खेल हुँदा पर्सामा आर्मी र मधेश भीड्ने छन्। 

लिगका शीर्ष २ टिम उपाधिका लागि भीड्ने छन्। फाइलन तीन दिवसीय हुनेछ। फाइलन पुस १–३ गतेसम्म नारायाणी रंगशालामा हुनेछ।

नेपालमा लामो समयपछि मल्टिडे क्रिकेट हुन लागेको हो।

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, पुस ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्