Kathmandu Press

एनसेलको सेयर बिक्रीविरुद्धकाे रिट खारेज 

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार सिंहको रिट खारेज गरेको हो। 
एनसेलको सेयर बिक्रीविरुद्धकाे रिट खारेज 

काठमाडौं, पुस ११ : सर्वोच्च अदालतले स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर बिक्रीविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरेको छ। 

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार सिंहको रिट खारेज गरेको हो। 

रिट खारेज भए पनि सर्वोच्चले निर्देशनात्मक आदेश भने जारी गरेको छ। यो रिटलाई गत पुस १ गते उक्त रिटलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने दिन तय गरिएको थियो। 

त्यतिबेलै निर्णय सुनाउने तय भएको थियो । सांसद सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको तथ्य सार्वजनिक भएपछि कानुनी विवादको रुप लिएको थियो।

 सांसद सिंहले एनसेलको ८० प्रतिशत सेयर बिक्री रोक्न माग गरेका थिए । रिट खारेज भए पनि निर्देशनात्मक आदेश लेख्ने कार्य भइरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्