Kathmandu Press

नेकपा एकताबद्ध र सुदृढ हुनुपर्दछ : मुख्यमन्त्री गुरुङ

कास्की, वैशाख १० : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, स....

नेकपा एकताबद्ध र सुदृढ हुनुपर्दछ : मुख्यमन्त्री गुरुङ

कास्की, वैशाख १० : गण्डकी प्रदेशका मुख्यमन्त्री एवं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीलाई वैचारिक, सैद्धान्तिक, सांगठनिक तथा भावनात्मकरुपमा एकताबद्ध र सुदृढ बनाउनु सबैको मुख्य कार्यभार भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसका अवसरमा आज  एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले पार्टीलाई अभेद्य एकता र फलामे अनुशासनका साथ अगाडि बढाउँदै निष्ठा र धैर्यताका साथ लाग्न यस दिनले हामी सबैलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। 'यस ऐतिहासिक अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललगायत कम्युनिष्ट आन्दोलनलाई आजको उचाइसम्म ल्याई पु¥याउन योगदान गर्नुहुने सबै अग्रजप्रति उच्च सम्मान प्रकट गर्दछु,' उनले शुभकामना सन्देशमा उल्लेख छ।

कोभिड–१९ का विरुद्धमा लडिरहेको उल्लेख गर्दै उनले यस रोगका विरुद्धमा एकताबद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न यस दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।देशका दुई ठूला कप्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) बीच ऐतिहासिक एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएपश्चात् नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाइ स्थापित गर्न सफल भएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, वैशाख १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्