Kathmandu Press

राष्ट्रिय सभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

बिहिबार चितवनमा स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस नसकेको बताएका हुन।
राष्ट्रिय सभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

चितवन, पुस ११ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन्।  

बिहिबार चितवनमा स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस नसकेको बताएका हुन।

कानुन निर्माणको काम जनचाहनाअनुसार हुन नसकेको बताउदै दाहालले भने–‘बनेका कानुनसमेत थन्किएर बसेका छन्, आवश्यक ऐन बनाउन सकिएको छैन।’

स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको कमी भएकाले सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका  सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने अध्यक्ष दाहालको भनाइ थियो।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्