Kathmandu Press

३९ वटा देशका लागि अलग अलग संसदीयमैत्री समूह गठन

सभामुख घिमिरेले समूहहरु ढिला बनेपनि यसलाई तिव्र गतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन्।
३९ वटा देशका लागि अलग अलग संसदीयमैत्री समूह गठन

काठमाडौं, पुस ११ : संघीय संसद् सचिवालयले ३९ वटा देशमा संसदीय मैत्री समूह गठन गरेको छ।

बिहीबार ३९ वटा देशमा संसदीय मैत्री समूह गठन भएको हो। सो क्रममा सभामुख देवराज घिमिरेले गठित मैत्री समूहका संयोजकहरूसँग छलफल पनि गरेका छन्।

Hardik ivf

सभामुख घिमिरेले समूहहरु ढिला बनेपनि यसलाई तिव्र गतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन्। यस्तै, उनले कति देशमा समूहहरु नमिलेको भन्दै यस्ता कुराहरु छिटो मिलाएर जानुपर्ने बताए।

‘हामी पनि संसदका सदस्य हौ र हाम्रो समुह मैत्रीपूर्ण हो। व्याख्या धेरै तरिकाबाट गर्न सकिन्छ तर अहिलेलाई यसरी नै बुझ्दै जाँउ। यो समूह गठन ढिला भयो, ढिला भएपछि गति दिने कुरा त छँदै छ तर अहिले पनि मिलेन म अर्को मुलुकमा बस्छु भन्ने खालको कुराहरु आइरहेका छन्,’ उनले भने, ‘यस्ता कुराहरु मिलाउने सन्दर्भमा छिटो मिलाएर जाउँ भन्ने हो। ढिलो भएपनि पहिलो पटक यसरी छलफल गर्दैछौ।’

सभामुख घिमिरेले १६ वटा समितिलाई पनि व्यवस्थापन गर्न समस्या भएको अवस्थामा मैत्री समूहहरुलाई सचिव दिने र छुट्टै कोठा दिने कुरा हाललाई सम्भव नभएको बताए।

 

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, पुस ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्