Kathmandu Press

एनसेलको सेयर बिक्री विवादमा निर्णय सुनाउने तयारी 

सर्वोच्च अदालतले न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले निर्णय सुनाउन पेसी तय भएको छ। 
एनसेलको सेयर बिक्री विवादमा निर्णय सुनाउने तयारी 

काठमाडौं, पुस ११ : एनसेलको सेयर बिक्री रोक्न माग गर्दै दायर भएको रिटमा विहीबार निर्णय सुनाउने तयारी गरिएको छ।

सर्वोच्च अदालतले न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले निर्णय सुनाउन पेसी तय भएको छ। 

गत पुस १ गते उक्त रिटलाई हेर्दाहेर्दैमा राखेर सुनुवाइ गर्ने दिन तय गरिएको थियो । त्यतिबेलै निर्णय सुनाउने तय भएको थियो। 

प्रतिनिधि सभामा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २०८० मंसिर २२ गते एनसेलको सेयर खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको तथ्य सार्वजनिक भएपछि कानुनी विवादको रुप लिएको थियो। 

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्