Kathmandu Press

सभापति देउवाले गरे स्वास्थ्य विभागमा १० जना मनोनयन 

कैलालीका डा.लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा.मुक्तिराम श्रेष्ठसहितलाई विभागमा मनोनयन गरेका हुन्। 
सभापति देउवाले गरे स्वास्थ्य विभागमा १० जना मनोनयन 

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेका छन्। 

कैलालीका डा.लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा.मुक्तिराम श्रेष्ठसहितलाई विभागमा मनोनयन गरेका हुन्। 

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको हो। विभागको प्रमुखमा केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादव रहेका छन्।

विभाग सदस्यमा डा. लक्ष्मीराज पाठक कैलाली, डा. मुक्तिराम श्रेष्ठ अर्घाखाँची, डा. अनिलकुमार झा सप्तरी, डा. सुमन कर्माचार्य रामेछाप, डा.सुशीलनाथ प्याकुरेल ललितपुर, श्यामचन्द्र यादव धनुषा, ईश्वर कार्की झापा, विष्णुप्रसाद भट्टराई स्याङ्जा, पुजा फुयाल सोलुखुम्बु र वुधिसरा सुनुवार सुर्खेत मनोनित भएका हुन्। 
 

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्