Kathmandu Press

यू–१९ महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ।
यू–१९ महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

भरतपुर, पुस ११ : यू–१९ महिला विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ। 

टिमले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबारदेखि प्रशिक्षण सुरु गरेको हो।

आगामी माघ ५ गतेदेखि महिला यू–१९ विश्वकप मलेसियामा हुँदैछ। प्रतियोगिताका लागि पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने यू–१९ महिला टिमका प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले बताए।

बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उनले बताएका छन्। 

टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताएका छन्। 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छिन्। 

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ। नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्