Kathmandu Press

रविसहित ७ जनालाई अदालत उपस्थित गराइयो

रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्ष मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो।
रविसहित ७ जनालाई अदालत उपस्थित गराइयो

कास्की, पुस ११ : सहकारीको रकम अपचलन, संगठीत अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइएको छ।

कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूलाई जिल्ला अदालत उपस्थित गराइएको हो। उनीहरूसँग सोमबारदेखि बयान भइरहेको छ।

रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्ष मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो।

जिल्ला अदालतमा छवि र लिलाको बयान सकिएको छ। अन्यको बयान बाँकी छ।

अदालत  उपस्थित गराइएका मध्ये पूर्वकोषाध्यक्ष आरती र मीना मंगलबार मात्र पक्राउ परेका थिए।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्