Kathmandu Press

बिहीबार सुनको मूल्य प्रतितोला ६ सय बढ्यो, चाँदीको स्थिर

सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुनको मूल्य प्रतितोला ६ सय बढ्यो, चाँदीको स्थिर

काठमाडौं, पुस ११ : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन  तोलामा ६ सय रुपैयाँले बढेको हो। 

सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन। 

आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 
 

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, पुस ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्