कञ्चनपुरमा भारतीय पक्षले नेपाली जमिन अतिक्रमण गरेकोप्रति झलनाथले गराए सरकारको ध्यानकर्षण
छिमेकोको जग्गा अतिक्रमण गर्नु गम्भीर घटना भएको भएको बताउँदै उनले अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्तिशाली निरीक्षण टिम पठाउन माग गरेका छन्।
काठमाडौं, पुस ११ : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
छिमेकोको जग्गा अतिक्रमण गर्नु गम्भीर घटना भएको भएको बताउँदै उनले अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्तिशाली निरीक्षण टिम पठाउन माग गरेका छन्।
‘यो अत्यन्त गम्भीर घटना हो। यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन,’ उनले भनेका छन्, ‘यो दुईतिहाइ भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरबाहीको चरम अभिव्यक्ति हो।’
ज्मिन अतिक्रमणका विषयमा भारत सरकारसँग वार्ता गर्न माग गर्दै उनले नेपाली भूमिको सुरक्षा गर्दै त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गर्न माग गरेका छन्।












