Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ।  

केन्द्रीय समिति बैठक वैशा....

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, वैशाख १० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ।  

केन्द्रीय समिति बैठक वैशाख १७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो। बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। 

सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश ल्याएपछि प्रतिपक्षी कांग्रेस त्यसको विरोधमा उत्रिएको छ। केन्द्रीय समिति बैठकमा सरकारले ल्याएका दुई अध्यादेशका विषयमा छलफल हुने बताइएको छ। 

यसअघि कांग्रेसले सरकारले ल्याएका अध्यादेशबारे संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुसँग बुधबार पार्टी कार्यालयमा छलफल गरेको थियो। 

प्रकाशित मिति: १८:५८ बजे, बुधबार, वैशाख १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्