नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल
‘स्वास्थ्य प्रणाली सुधारका निम्ती थुप्रै विषयहरु छन्। नेपालले संसारमा अरु देशले नगरेका उपलब्धिहरु कति विषयमा गरेको छ। क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ,’ उनले भने।-1735194358.png)
काठमाडौं, पुस ११ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालका स्वास्थ्य क्षेत्र सुधारोन्मूख रहेको बताएका छन्।
नेपाल स्वास्थ्य सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संसारमा अरु देशले नगरेका उपलब्धिहरु स्वास्थ्य क्षेत्रमा कतिपय विषयहरू नेपालले गरिसकेको बताए।
मन्त्री पौडेलले क्रमिक रुपमा नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख भइ अगाडि बढीरहेको बताए।
‘स्वास्थ्य प्रणाली सुधारका निम्ती थुप्रै विषयहरु छन्। नेपालले संसारमा अरु देशले नगरेका उपलब्धिहरु कति विषयमा गरेको छ। क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ,’ उनले भने, ‘तर नेपाली जनतालाई अनुभूति गर्नेगरी ,आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौं।’
यसैगरी उनले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्ने बताए। उनले स्वास्थ्य प्रणाली सुधारका लागि थुप्रै विषयहरु भएपनि नेपाली जनतालाई अनुभूति गर्नेगरी समस्याहरुको पहिचान गर्नुपर्ने बताए।
‘स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गर्नुपर्छ। नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउन के कुराले समस्या गर्यो ? बाहिर रहेका नेपालीहरु यहीँ जन्मिनु भएको हो। यही प्राथमिक शिक्षा आर्जन गर्नु भएको हो,’ उनले भने ‘उहाँहरुको योग्यताको आधार र उत्कृष्ट क्षमता देखाइरहनु भएको छ। उहाँहरू प्राप्त गरेको योग्यता र अनुभवलाई नेपालमा प्रयोग गर्न के कुराले समस्या गरायो त्यो समस्या पहिचान गर्नुपर्छ।’












