विष सेवनबाट एकै परिवारको दुईको मृत्यु, एकको अवस्था गम्भीर
रौतहट, वैशाख १० : विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ। अर्को एकको अवस्था गम्भीर रहेको छ।
रौतहटको मौ....

रौतहट, वैशाख १० : विष सेवन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा मृत्यु भएको छ। अर्को एकको अवस्था गम्भीर रहेको छ।
रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मंगलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई विष सेवन गराई आफू पनि सेवन गरेको रौतहट प्रहरीले जनाएको छ।
विष सेवन गरेको थाहा पाउने बितिकै तीनै जनालाई स्थानीय मौलापुर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा सोनावती र छोरी सोनीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए।
कोइरीको छोरा दीपक महतोको अवस्था गम्भीर रहेकाले आइसियुमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। घरायसी विवादको क्रममा कोइरीका पत्नी सोनावतीले छोराछोरीलाई सलफेट नामक गहुँमा राख्ने विष खानामा मिसाएर खुवाएर आफूसमेतले सो विषको चक्की सेवन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


