Kathmandu Press

एमालेले भीम रावललाई साधारण सदस्यबाट पनि हटायो

नेकपा (एमाले) ले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट पनि हटाएको छ।
एमालेले भीम रावललाई साधारण सदस्यबाट पनि हटायो

काठमाडौं, पुस १० : नेकपा (एमाले) ले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यबाट पनि हटाएको छ।

बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण समदस्यबाट समेत नरहने गरी हटाएको हो।

रावल लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको थिए।

उनलाई पटकपटक स्पष्टीकरणसमेत सोधेको थियो।

पूर्वउपाध्यक्ष रावलले अघिल्लो महाधिवेशनमा पार्टीको अध्यक्षमा केपी ओलीविरूद्ध उम्मेदवारी दिएका थिए।

त्यहाँबाट पनि अध्यक्ष र रावलको सम्बन्ध बिग्रिएको थियो। त्यसपछि उनलाई पार्टीमा जिम्मेवारीविहीन बनाइएको थियो।

प्रकाशित मिति: १९:४३ बजे, बुधबार, पुस १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्