Kathmandu Press

एमाले र कांग्रेसको सरकार बन्नु राजनीतिक शक्तिहरूको एकिकृत स्वरुप निर्माण हुनु हो : मन्त्री पौडेल

उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन्।
एमाले र कांग्रेसको सरकार बन्नु राजनीतिक शक्तिहरूको एकिकृत स्वरुप निर्माण हुनु हो : मन्त्री पौडेल

काठमाडौं, पुस १० : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिले बनेको  सरकारले आम नागरिकको अपेक्षाकृत ढंगबाट काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताएका छन्। 

उनले एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु भएको बताएका हुन्।

उनले  भने,  ‘अहिले  कांग्रेस  र  एमालेको  सरकार  बनेको  छ। झण्डै दुई तिहाईको  सरकार बनेको छ। यो  सरकारले  पनि आमनागरिकको अपेक्षाकृत ढंगबाट  काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परस्थितीको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर  आशा गर्न सक्ने स्थिती हुँदैन। त्यसैले  यो  सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु हो।’

साथै उनले राजनीतिक दल एकिकृत भैइसकेपछि काम गर्ने छुट नरहेको बताए।  उनले यो सरकार पनि काममा असफल भए कस्ले गर्छ भन्दै प्रश्न गरे।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, पुस १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्