घर घरमा पाकेको खानाले भोकाहरुको पेट भर्दै
काठमाडौं, वैशाख १० : कोरोना भइरसको महामारी फैलन नदिन सरकाले गरेको लकडाउनको कारण हाल निम्न आयस्रोत भएका मानिसहरुलाई बिहान बेलुकीको छाक कसरी टार्ने भन्न....

काठमाडौं, वैशाख १० : कोरोना भइरसको महामारी फैलन नदिन सरकाले गरेको लकडाउनको कारण हाल निम्न आयस्रोत भएका मानिसहरुलाई बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्ता परेको छ। लकडाउन अहिले नै सकिने अवस्था नरहेपछि बुढानिलकण्ठ नगरपालिका वडा १० मा बस्दै आएका विवेक अधिकारीले खानाको जोहो गर्न नसक्नेहरुको लागि खानाको जोहो गर्ने भन्ने अभियान सुरु गरेका छन्।
एक व्यक्तिले मात्र धेरैलाई सहयोग गर्न कठिन हुने भएपछि उनले अन्य व्यक्तिको पनि सहयोग लिएका छन्। निम्न आय भएका मानिसहरुलाई सहयोग गर्न उनको १२ जनाको टिमले अहिले दैनिक खानाको जोहो गर्न थालेका छन्।
केही दिन अघि सरकारले निम्न आयस्तर भएका व्यक्तिलाई लक्षित गरी वितरण गरेको राहतमा उनले नाम संकलन गर्ने जिम्मा पाएका थिए। उक्त क्रममा धेरैले राहत नपाएको र कतिको चित्त बुझाउन सकेनन्। कारण रोगले भन्दा भोकले सताइरहेको आम मानिसको समस्यामा उक्त राहतले केही समाधान गर्न सकेन।
उनको वडामा रहेका ३५ सय घरधुरी भएकोले यस कार्यक्रमबाट उनको टिमले ‘धेरैले धेरैलाई सहयोग’ गर्ने अभियान सुरु गरेको हो। जसमा उनीहरुले बेलुकी गएर मानिसहरुको घर घरमा आलुनियमको बट्टा लगेर छोडिदिने गरेका छन्। भोलिपल्ट बिहान १० बजे आफूले छोडेको बट्टामा खाना लिन स्थानीयको घरको गेटमा पुगिसकेका हुन्छन् र ११ बजे दैनिक खाना नसकेका मानिसलाई उनीहरुले उक्त खाना खुवाउने गरेका छन्।
यसरी छोडिएको बट्टामा प्रत्येक घरका व्यक्तिले आफ्नो भान्छामा जे जस्तो खानेकुरा पाक्ने गरेको छ उनीहरुलाई प्याकिङ गरेर दिने गरेका छन्। उनका अनुसार हामीले सबैजालाई आफूले खानामा थप एक मुठ्ठी थप गरेर पकाउनु होला र हामीलाई दिनुस् भनेका छौं।
उनीहरुको यस अभियानमा सबैको राम्रो साथमा पाएको बताउँछन् । ‘हामीले सकेको दिनुहोला भनी दुई वटा बट्टामा खाना मागेकोमा कुनै घरले २० बट्टासम्म खाना पठाउने गरेका छन्।’
यसरी स्थानीयको साथले खानाबाट बञ्चित भएकाहरुलाई खुवाउने अभियान राम्ररी चलेको उनीहरु बताउँछन्। आज बुधबार चौंथो दिनमा आइपुग्दा यस कार्यक्रमले उनीहरुमा थप हौसला मिलेको उनी बताउँछन्।
पहिलो दिनमा ६० जनालाई खाना खुवाएको उनीहरुले चौंथो दिनसम्म आइपुग्दा २५० जनालाई खाना खुवाउन सफल भएका छन्।
सबै घरमा मिठो नमिठो जे पाकेको खानेकुरा हामीलाई दिनुस् भन्दै स्थानीयको घरमा पुग्दा सबै जनाले खुशी हुँदै उनीहरुको हातमा खानाको झोला दिने गरेका छन्।
विवेक अधिकारी नोभो हार्म रिडक्शन कमिन्युनिटीका संस्थापक पनि हुन्। यसरी सुरु गरिएको अभियानलाई उनी केही दिनपछि १२ र १३ वडामा विस्तार गर्ने सोच बनाएका छन्।








![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)


