सोनु निगमको कन्सर्टस्थलबाट महानगरले हटायो मदिराको विज्ञापन
मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अनुसार महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर बोर्डहरु हटाइएको हो।
काठमाडौं, पुस १० : चर्चित भारतीय गायक सोनु निमगले आज बौद्धस्थित हायात ग्राउन्डमा हुने कन्सर्टमा आफ्नो प्रस्तुति दिँदैछन्।
बौद्ध ह्यात ग्राउन्डमा आयोजना हुने कन्सर्ट स्थलमा राखिएका मदिराजन्य विज्ञापन बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको छ।
महानगर प्रहरीले कन्सर्टस्थलमा राखिएका अनधिकृत रुपमा राखिएका १ सय ५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको हो।
मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अनुसार महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर बोर्डहरु हटाइएको हो।
कन्सर्टमा सहभागी हुन गायक सोनु निगम बुधबार दिउँसो काठमाडौं आइसकेका छन्।
प्रकाशित मिति: १६:५५ बजे, बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार