करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्यायो अध्यादेश
गण्डकी सरकारले यअसघि आफैंले जारी गरेको प्रदेश निजामती सेवा ऐनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिको प्रक्रियाअगाडि बढाउन अध्यादेश ल्याएको हो।कास्की, पुस १० : गण्डकी प्रदेश सरकारले करारमा कर्मचारी नियुक्ति गर्न अध्यादेश ल्याएका छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट प्रदेश निजामती सेवा ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको हो।
गण्डकी सरकारले यअसघि आफैंले जारी गरेको प्रदेश निजामती सेवा ऐनविपरीत ज्यालादारी वा करारमा कर्मचारी नियुक्तिको प्रक्रियाअगाडि बढाउन अध्यादेश ल्याएको हो।
दुई वर्षअघि ल्याइएको प्रदेश निजामती सेवा ऐन अस्थायी कर्मचारी नियुक्तिको बाटो पूर्णतः बन्द गरेको थियो।
अध्यादेश ल्याउने विषयमा प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगसँग परामर्श गरेको थियो। तर, आयोगले प्रदेश निजामती सेवा ऐन र संघीय ऐनले करार, ज्यालादारी, अस्थायी कर्मचारी राख्न स्पष्ट रोक लगाएको बताउँदै सहमति दिएको थिएन।
अध्यादेश जारी भएसँगै प्रदेश सरकारलाई करारमा कर्मचारी नियुक्तिको बाटो खेलेको छ।
प्रकाशित मिति: १६:१७ बजे, बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्यायो अध्यादेशबुधबार, पुस १०, २०८१
थानकोट–चित्लाङ सडक आंशिक रूपमा सञ्चालन हुनेबुधबार, पुस १०, २०८१
३ अर्ब बढी लागतमा निर्माणधीन मुख्यमन्त्री कार्यालय र मन्त्रालयका भवन अन्तिम चरणमाशुक्रबार, पुस ५, २०८१
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधनबिहीबार, पुस ४, २०८१