Kathmandu Press

शशांक भन्छन्– राजनीति आफ्ना लागि होइन, समाजका लागि गर्नुपर्छ

‘हाम्रो समाज कस्तो छ? हजारौं वर्षदेखि चलिरहेको समाजको निरन्तरता हामीले दिने हो। विपी कोइरालाको जुन विचार छ त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ,’ उनले भने।
शशांक भन्छन्– राजनीति आफ्ना लागि होइन, समाजका लागि गर्नुपर्छ

काठमाडौं, पुस १० : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन्।

बुुधबार स्व. राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उनले विपी कोइरालाको विचारमा नै अडिक रहेर राजनीति गनुपर्ने बताए।

Hardik ivf

‘जीवन हामीले एक चोटी पाउने  हो, तपाईंले  कसरी प्रयोग  गर्नुहुन्छ? तपाईंको  परिचय त्यसबाट हुन्छ, मरिसकेपछि मान्छेले सम्झिन्छन्,’ उनले भने, ‘आज विपी कोइरालालाई किन सम्झिन्छौं? उहाँ करोडपति त हुनुहुन्थ्यो। विपीले आफ्नो लागि नभएर अरुको लागि आफ्नो जिवन प्रयोग गर्नुभयो, त्यसैले हामी सम्झन्छौं।’

नेता कोइरालाले आफूबाट निस्किएर गएपछि मात्र राजनीति सुरु हुने बताउँदै आफ्नै बारेमा मात्र चिन्ता गरे त्यस्तो राजनीति चल्दैन। 

‘हाम्रो समाज कस्तो छ? हजारौं वर्षदेखि चलिरहेको समाजको निरन्तरता हामीले दिने हो। विपी कोइरालाको जुन विचार छ त्यो विचारमा अडिग रहेर हामीले अगाडि बढ्नुपर्छ,’ उनले भने।

उनले आफ्नो लागि नभैइ अर्काको लागि राजनीति गर्नु नै सबैभन्दा राम्रो पक्ष भएको बताए। उनले जब अर्काको लागि गरिन्छ तब मात्र राजनीति सुरु हुने बताए। 
 
प्रकाशित मिति: १५:०९ बजे, बुधबार, पुस १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्