Kathmandu Press

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेसबीच टेलिफोन वार्ता भएको छ। 

विदेशमा ....

प्रधानमन्त्री ओली र साइप्रसका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौं, वैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओली र साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेसबीच टेलिफोन वार्ता भएको छ। 

विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा बुधबार प्रधानमन्त्री ओलीले साइप्रसका राष्ट्रपति निकोससँग टेलिफोनमा कुराकानी गरेका हुन्।

टेलिफोन वार्तामा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेको र राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

भारत र चीनलाई दिए धन्यवाद

यसैबीच, प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीन सरकारलाई धन्यवाद दिएका छन्। 
 प्रधानमन्त्री ओलीले  ट्वीट गरी भारत र चीन सरकारप्रति आभार व्यक्त गरेका हुन्।
 

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, वैशाख १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्