Kathmandu Press

‘सबै दलसँग छलफल गरेर संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ  सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।
‘सबै दलसँग छलफल गरेर संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’
फाइल तस्बिर।

रूपन्देही, पुस १० : पप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनका विषयमा सबै राजनीतिक पार्टीहरूसँग छलफल गर्ने बताएका छन्। 

रुपन्देहीमा बुधबार आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताए।

Hardik ivf

‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ  सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधन प्रक्रिया अगाडि बढ्छ,’ उनले भने। दुई पार्टीबीच बनेको संयन्त्रले संविधान संशोधनका विषयमा छलफल गरिरहेको र त्यसमा विज्ञहरूलाई थप्ने तयारी रहेको पनि बताइएको छ।

उपप्रधानमन्त्री सिंहले रुपन्देहीमा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिञ्चाई योजनाको उद्घाटन पनि गरेका छन्।

पर्यटन करिडोर र लिफ्ट सिञ्चाइ आयोजनाले सियारी गाउँपालिकाका नागरिकको आर्थिक अवस्था परिवर्तन गराउने उनले विश्वास व्यक्त गरेका छन्।

लिफ्ट सिञ्चाई आयोजनाले १०५ हेक्टर क्षेत्रफलमा सिञ्चाई सुविधा हुनेछ। 

प्रकाशित मिति: १३:४२ बजे, बुधबार, पुस १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्