Kathmandu Press

‘राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ’

उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतिहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताए।
‘राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्छ’

काठमाडौं, पुस १० : नेपाल पत्रकार महासंघले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ज्ञापन पत्र प्रदान गरेको छ। बुधबार एक विशेष समारोहकाबीच नवनिर्वाचित सदस्यहरलाई बधाई तथा ज्ञापन पत्र प्रदान गरिएको हो। 

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भए राज्य कमजोर हुने बताएका छन्। उनले राज्य कमजोर नहुनका लागि सञ्चार क्षेत्र जवाफदेही हुनुपर्ने बताएका हुन्।

Hardik ivf

‘वास्तवमा पोलिटिकल क्षेत्रका मान्छेहरुले सञ्चार क्षेत्रमा गलत सूचना सुशुचित भएको भनिरहेका हुन्छन्। तर यसमा सञ्चार क्षेत्रले जवाफदेही हुनुपर्छ । यदी यस्तो भएन भने सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ,’ उनले भने, ‘सञ्चार क्षेत्रको विश्वसनियता कमजोर हुन जान्छ । सञ्चार क्षेत्रको विश्वसनियता कमजोर भयो भने राज्य कमजोर हुन पुग्छ। यो नहोस् भन्नका लागि पूर्ण ढंगले भूमिका सबैले खेल्नुपर्छ।’

उनले राजनीतिक क्षेत्रमा देखा परेका विकृति, विसंगतिहरु सञ्चार क्षेत्रले सकारात्मक तरिकाले कलम चालेर समाधमा गर्नुपर्ने बताए। उनले राष्ट्रिय मुद्दाहरुमा कांग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरेका छन्। 

कार्यक्रममा महासंघकी अध्यक्ष निर्मला शर्माले मिडियामाथि हुने हस्तक्षेप, लोकतन्त्रमाथि हुने हस्तक्षेप र हरेक कारणले मिडियामाथि हुने  आक्रमणलाई रोक्नको लागि सधैं तत्पर रहने बताएकी छन्।

उनले हरेक व्यवसायी पत्रकारहरुको लागि कहिले कलम डगमगाउन नदिन आफूहरु प्रयत्नशील रहने बताइन्। 
 

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, पुस १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्