Kathmandu Press

सहकारी अपचलन छानबिन प्रतिवेदनको प्रगति विरण बुझाउन आदेश

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्र इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।
सहकारी अपचलन छानबिन प्रतिवेदनको प्रगति विरण बुझाउन आदेश

काठमाडौं, पुस ९ : सर्वोच्च अदालतले सहकारीको रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको विशेष संसदीय समितिको प्रतिवेदन कार्यान्वयनबारेको प्रगति विरण बुझाउन सरकारका नाममा आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्र इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो।

Hardik ivf

सर्वोच्चले संसदीय छानविन समितिको प्रतिवेदनका अलवा अन्य दस्तावेजहरु समेत मागेको छ । आदेशमा आगामी माघ ४ गतेसम्म कागजात बुझाइ सक्न भनिएको छ।

प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी लगायतले रिट दिएका हुन् । सर्वोच्चले उक्त रिटमा अर्को सुनुवाइ माघ ७ गते गर्ने भएको छ।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्