Kathmandu Press

सांसद हितराज पाण्डेको प्रश्न– मुख्यसचिव भइसकेकाहरूले दलको झोला बोक्ने हो?

पूर्वमुख्य सचिव नै राजनीतिक दल कै झोला बोकेर जाने हो भने मात्र मुख्य सचिवको पदीय मर्यादामा प्रश्न उठ्ने उनले बताए। 
सांसद हितराज पाण्डेको प्रश्न– मुख्यसचिव भइसकेकाहरूले दलको झोला बोक्ने हो?

काठमाडौं, पुस ९ : नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसकेको आरोप लगाएका छन्। 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफलमा बोल्दै उनले मुख्यसचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसक्दा निजामती कर्मचारीहरुमा समेत नकारात्मक प्रभाव पारेको बताए।  

‘मलाई कहिलेकाँही खड्किन्छ, हाम्रो मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत किन रहन सक्नुभएन होला जस्तो लागेको छ। यसले आम निजामती कर्मचारीदेखि तलसम्मकालाई के प्रभाव परेको होला आफैंले हेर्न पर्ने विषयवस्तु हो कि होइन होला,’ उनले भने।

उनले कर्मचारी सरुवाको विषयमा समस्या रहेको भन्दै सरुवालाई व्यवस्थित गर्न अहिले भइराखेको कानुनमा पनि अझ अझ ठोस र मूर्त बनाउनुपर्ने बताए।

‘हाम्रो एउटा सरुवाको समस्या छ । सरुवालाई व्यवस्थित गर्ने अलिकति अहिले हाम्रो भइराखेकोमा अझ के बनाउन सकिन्छ होला,’ उनले भने, ‘अलि ठोस अलि मूर्त यो कानुनमा चाहिन्छ भन्ने जिज्ञासा राख्न चाहन्छु।’

पूर्वमुख्य सचिव नै राजनीतिक दल कै झोला बोकेर जाने हो भने मात्र मुख्य सचिवको पदीय मर्यादामा प्रश्न उठ्ने उनले बताए। 

मन्त्रीले आफ्नो स्वार्थको लागि सचिवहरुको सरुवा गर्ने गरेको भन्दै राजनीतिक शिक्षामा पनि कमि भएको उनको भनाइ छ।  
 

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, पुस ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्