Kathmandu Press

प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न दिइन्नँ : सभामुख घिमिरे

‘नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। प्रेस स्वतन्त्रतलाई कुण्ठित हुने गरी कुनै पनि कानुन बनाइने छैन,’ उनले भने।
प्रेसमाथि अङ्कुश लाग्ने कानुन बन्न दिइन्नँ : सभामुख घिमिरे

काठमाडौं, पुस ९: सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अंकुश लगाउनेगरी कानुन नबनाउने बताए।

‘नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। प्रेस स्वतन्त्रतलाई कुण्ठित हुने गरी कुनै पनि कानुन बनाइने छैन,’ उनले भने।

सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए। 

गत मंसिर २८ गते भएको निर्वाचनबाट निर्मला शर्माको नेतृत्वमा पत्रकार महासंघमा नयाँ नेतृत्व चयन भएको थियो। 

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, पुस ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्