Kathmandu Press

लगातार दोस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

सोमबार २८.९१ अंकले बढेको नेप्से मंगलबार १४ अंकले बढेको छ। योसँगै नेप्से २६२६.३१ बिन्दुमा उक्लिएको छ।
लगातार दोस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, पुस ९ : सेयर बजार परिसूचक (नेप्से) लगातार दोस्रो दिन दोहोरो अंकले बढेको छ।

सोमबार २८.९१ अंकले बढेको नेप्से मंगलबार १४ अंकले बढेको छ। योसँगै नेप्से २६२६.३१ बिन्दुमा उक्लिएको छ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। कुल ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार, ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो।

मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो। आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

उपसमूहतर्फ मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचकमा मात्र गिरावट आयो। बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन्।

विशेषगरी, विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्न सफल भएको छ।

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, पुस ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्