Kathmandu Press

थप दुई संक्रमित कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, वैशाख १० : कोरोना भाइरसबाट संक्रमित दुई जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 

बुधबार कैलालीको सेती प्रादेशिक अस्पताल....

 थप दुई संक्रमित कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, वैशाख १० : कोरोना भाइरसबाट संक्रमित दुई जना निको भएर अस्पतालबाट घर फर्किएका छन्। 

बुधबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३४ वर्षीय पुरुष कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार सेती अस्पतालमा भर्ना भएका कञ्चनपुरका ४० वर्षीय पुरुष र टेकुमा भर्ना भएका धादिङका पुरुष पूर्णरुपमा निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

योसँगै कोरोनालाई जितेर घर फर्किने नेपालीको संख्या सात पुगेको छ। यसअघि काठमाडौंको टेकु अस्पताल, कैलालीको सेती अस्पताल र बागलुङको अस्पतालबाट गरी पाँच जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्। 

कोरोनाबाट संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, वैशाख १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्