Kathmandu Press

कुशल मल्लले आईएल टि–२० लिग खेल्ने

अर्को महिना दुबईमा हुने प्रतियोतिगा लागि कुशललाई डेजर्ट भाइपर्सले अनुबन्धन गरेको छ। 
कुशल मल्लले आईएल टि–२० लिग खेल्ने

काठमाडाैं, पुस ९ : नेपाली स्टार अलराउन्डर कुशल मल्लले दुबईमा आयोजना हुने इन्टनेशनल टि–२० लिग खेल्ने भएका छन्। अर्को महिना दुबईमा हुने प्रतियोतिगा लागि कुशललाई डेजर्ट भाइपर्सले अनुबन्धन गरेको छ। 

ड्राफ्टमा नबिने पनि नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिड घाइतेपछि कुशलले मौका पाएका हुन्। 

एनपिएलमा चितवन राइनोजको कप्तानी गर्दै कुशलले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। उनको टिम प्लेअफसम्म पुगेको थियो। उनले ८ खेलमा २२४ रन बनाएका थिए भने ९ विकेट लिएका थिए। 

Hardik ivf

उनको सम्झौता रकम नखुलेपनि उनले कम्तिमा २० हजार अमेरिकी डलर पाउने छन्। 

कुशल नेपालबाट टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने पाँचौँ ब्याटरमा पर्छन् । उनले ४७ खेलमा १ शतक र ४ अर्धशतकसहित ९१७ रन बनाएका छन्। 

एसियाली खेलकुदमा मल्लले मंगोलियाविरुद्ध अविजित १३७ रन बनाएका थिए । उनले ३४ बलमा शतक हानेका थिए । त्यस्तै ३९ एकदिवसीय खेलमा उनले ७६८ रन बनाएका छन्। उनले ओडीआई र टि–२० अन्तर्राष्ट्रियमा गरी ४३ विकेटसमेत लिएका छन् ।

सन् २०२३ को एसियाली खेलकुदमा मंगोलिया विरुद्ध नटआउट १३७ रन बनाउँदा उनले आठ चौका र १२ छक्का प्रहार गरेका थिए।  यो टी–२० को इतिहासमा पुरुषतर्फको तेस्रो नम्बरका ब्याट्सम्यानले बनाएको उच्चतम स्कोर हो ।

डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई अनुबन्धन गर्न पाउँदा खुसी लागेको बताएका छन्। ‘कुशललाई डेजर्ट भाइपरमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। उनी एक युवा खेलाडी हुन्, उनीसँग उच्चस्तरमा महत्त्वपूर्ण अनुभव छ,’ उनले भनेका छन्।  

भाइपर्समा एलेक्स हल्स, विनन्दु हसरंगा, लोकी फर्ग्युसन, मोहमद अमिर, ड्यान लाउरेन्स, साम कुरान लगायतका खेलाडी छन्।  

नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यो लिग खेल्ने छन्। अघिल्लो सिजन पनि खेलेका उनलाई गल्फ जायन्टले रिटेन गरेको थियो। 

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, पुस ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्