संविधान संशोधनको प्रक्रिया सुरु हुन लागेको छ : गृहमन्त्री लेखक
‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ। हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ। संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ,’ लेखकले भने।
काठमाडौं, पुस ९ : गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार कांग्रेस र एमालेको संयुक्त कार्यदल बनाएर संविधान संशोधनको प्रक्रिया सुरु गर्न लागेको बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले उक्त जानकारी दिएका हुन्।
‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ। हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ। संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ,’ लेखकले भने।
लेखकले केही दिनपछि कांग्रेस र एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल सुरु गर्ने जानकारी पनि दिए। संविधानको संशोधन कुनै एक वा दुई वटा पार्टीको निर्णयले नहुने भनाई उनको थियो।
सरकारले कांग्रेस र एमालेको संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने भनाई उनको थियो।
साथै, उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने कुरामा प्रतिवद्ध रहेको पनि बताए।